इटहरीः हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित टाकुलेमा नेपाल–चीन सीमावर्ति क्षेत्रबाट हराएको ११ नम्बर सीमा स्तम्भ हिउँ र माटोलो पुरिएको अवस्थामा फेला परेको छ । गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हिजो बुधबार प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्तम्भ फेला पारेको हो । यो स्तम्भ भेटिएपछि अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट भई रेखांकन गर्न सहज हुने उनको भनााइ छ । २०७२ सालदेखि हराएको सो स्तम्भ खोज्न जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अग्रसरता देखाई सीमा बैठकमा कुरा उठाएपनि खोजी हुन नसकेकोमा खोजीका लागि गएको नेपाली टोली लाप्चाबाटै फिर्ता भएको थियो ।