इटहरीः गत मंगलबारदेखि नेपाली बजारमा घट्दो क्रममा रहेको छापावाल सुनको मूल्यमा आज बिहीबार प्रतितोला एक हजार दुई सयले गिरावट आई ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार तीन सयमा कारोबार भएको थियो ।
साथै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार आठ सयबाट ओरालो लाग्दै प्रतितोला ९२ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य हिजो प्रतितोला एक हजार दुई सय ९० रहेकोमा आज ७० रुपैयाँ घटेर प्रतितोला एक हजार एक सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।