खोटाङः खोटाङ जिल्लाको ऐसेलुखर्क गाँउपालिकाको वनगाँउमा केन्द्रीय प्रसारण लाइनको विजुली विस्तार गरिएको छ ।विजुली विस्तार भएसंगै गाँउलेहरु खुसीले गद्गद् भएका छन् । 
आर्थिक वर्ष २०७५÷७६ मा नेपाल विद्युत् प्राधिकरणले ५५ लाख ४६ हजार २ सय ७९ रुपैयाँको बजेटको लागतमा ऐसेलुखर्क गाँउपालिकामा वडा नम्बर ५ वनगाँउमा पहिलो पटक विद्युतीय केन्द्रीय प्रसारण लाइनको विजुली विस्तार गरिएको हो ।
देशमा सङ्घीयता लागू भएर स्थानीय तह कार्यान्वयनमा आएसँगै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको कामलाई तीव्रता दिएसगँ ऐसेलुखर्क गाँउपालिका वनगाँउका ९२ घर भन्दा बढी स्थानीय बासिन्दाको घरमा विद्युत् विस्तार गरेको छ ।
वनगाँउमा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् परीक्षण सफल भएपछि स्थानीबासीहरु हशिर्त भएका छन , ७२ बर्षीय पशुपती निशैलाले भने, हामीले कुप्पी बक्ती बालेर अन्धकारमा पर्नुपर्ने बाध्यता थियो तर आजबाट गाँउमा बक्ति बलेको देख्न पाउँदा हशिर्त भएको निरौलाले बताए ।

120089689_628703247791545_2596249259792801945_n
त्यस्तै गरि स्थानीयबासी खगेन्द्र बनले भने,बनगाँउका नागरिकहरु अहिले सम्म अन्धकारमा बसेका थिए,आजबाट बिधुत गाँउमा आएसगैँ अब यहाँका बिद्याथीहरुले बक्तिको उज्यालोमा पढ्न पाउनेछन् गाँउभरी बक्तिको झिलिमिली हुदाँ यहाँका नागरिकहरु खुशिर्याली मनाएको छन ,देशमा सरकार भएको अनुभुति भएको छ ।
त्यस्तै बिद्यार्थी नबिना बनले भनिन गाँउमा बिधुत नआउदाँ बेलुका पढ्नको लागि पनि समस्याभईरहेको थियो देश बिदेशकी घटना तथा टिभि हेर्नेको लागि सदरमुकाम जार्नुपर्नेबाध्यता थियो, तर आजबाट त्यो समस्या अन्त्य भएको छ ,गाँउमा आजबाट बक्तिसगैँ अन्धकारबाट हामी मुक्त भएको बनले बताईन ।
केन्द्रीय प्रसारण लाइनको विद्युत् परीक्षण सफल भएपछि उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य बिशाल भट्टराईले आजबाट बनगाँउमा बक्ति बलेको छ २ बर्ष भित्रमा ऐसेलुखर्क गाँउपालिका सहित खोटाङ जिल्लाको सबै क्षेत्रमा बिधुत बिस्तार गर्ने बताए ।
नेपालकै ठूलो हाईडोपावर खोटाङको दुधकोसीमा ६ सय ३५ मेघावट बिधुत उत्पादन हुदैँ छ ,यहाँ बिधुत उत्पादन भईसकेपछि नेपाल अन्धकार मुक्त हुने भट्टराईले बताए ।

 

120097321_1091061264643933_5100493009829133809_n