इटहरीः सुनसरीको इटहरीस्थित यमाहा नेपालको आधिकारिक बिक्रेता तिरुपति अटोसिटी इटहरीले हिजो बिहीबार अनलाइन प्रविधिबाट यमाहा कम्पनीको रे जेडआर १२५ स्कुटर लन्च गरेको छ । यो स्कुटरले सर्वाधिक छिटो ७ दशमलव ५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने बताइएको छ ।
उत्कृष्ठ फिचरहरुका साथ यसले ५८ किलोमिटर प्रतिलिटरको माइलेज दिने अटोसिटीका सञ्चालक संजोग पराजुलीले बताए । यो स्कुटरमा एक सय २५ सीसीको बीएस सीक्स यमाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधियुक्त इन्जिन प्रयोग गरिएको उनको भनाइ छ ।

अङ्ग्रेजी अक्षर वाई आकारको एलइडी लाइट,डिजिटल इकयुप्मेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम,स्मार्ट मोटर जेनेरेटर लगायतका अत्याधुनिक फिचर समावेश रहेको यो स्कुटरको तौलसमेत ९९ किलो मात्र रहेको र यो १२५ सीसी सेग्मेन्टको सबैभन्दा हलुको स्कुटर भएको तिरुपति अटोसिटी इटहरीका सञ्चालक पराजुलीले जानकारी दिए ।