इटहरीः चिकित्सा शिक्षा सुधारको माग गर्दै गत भदौ २९ गतेदेखि १९ औँ सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको जीवन रक्षा तथा चिकित्सा शिक्षाप्रति संवेदनशील हुँदै आधारभूत मानव अधिकारको रक्षा गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका सचिव वेद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै डा.केसीसँग भएका सम्झौता कार्यान्वयनको प्रगतिविवरण पेस गर्न पनि सरकारलाई आग्रह गरेको छ । साथै आयोगले अनसन बसेर जीवन जोखिममा नपारी असहमतिका विषयमा वार्ताका माध्यमबाट निकास खोज्न पनि सुझाएको छ ।

जुम्लामा अनसन सुरु गरेका डा. केसी स्वास्थ्यमा समस्या आएपछि हाल काठमांडौस्थित त्रिवि शिक्षण अस्पतालमा अनसनरत रहेका छन् ।