बिराटनगरः प्रदेश १ सरकारले स्थापना गरेको प्रयोगशालामा बिदेशबाट आयात गरिएका तरकारी र फलफुलहरु परीक्षण हुनथाल्ने आशा बढेको छ ।
प्रदेश १ सरकारको भूमि व्यावस्था, कृषी तथा सहकारी मन्त्रालयका मन्त्री र कर्मचारीहरुलाई संघीय पशुपंक्षी तथा कृषी मन्त्री घनश्याम भुसालले काम विहिन भैरहेको ‘बिषादी दु्रत बिश्लेषण प्रयोगशाला’ लाई अनुमति दिलाउन आफुले तुरुन्त पहल थाल्ने आश्वासन दिएपछि विदेशबाट आयात भएका तरकारी र फलफुलको परीक्षण हुनथाल्ने आशा बढेको हो ।
मन्त्रालयका राज्यमन्त्री राम रानामगर र उच्च कर्मचारीहरुलाई विहिवार विराटनगरमा मन्त्री भुषालले भने , ‘तँपाईहरुले समस्या अवगत गराएर पत्र पठाउनुहोस म तुरुन्त अनुमतिका लागि कहाँ पहल गर्नुपर्ने हो गर्नेछु ।,
२३ असार २०७५ मा बिराटनगरमा प्रदेश १ सरकारको कृषी , भूमी तथा सहकारी मन्त्रालयले ३० लाख रुपैया खर्चेर सञ्चालनमा ल्याएको उक्त्त ‘बिषादी दु्रत बिश्लेषण प्रयोगशाला’ लाई भन्सार कार्यालयले मान्यता नदिँदा बिदेबाट आयत भएका तरकारी र फलफुलहरु परीक्षण हुन पाएको छैन ।
प्रदेश मन्त्रालयका प्रवक्त्ता राजेन्द्र उप्रेतीका अनुसार पटक पटक अनुमति माग गर्दा पनि भन्सार कार्यालयले बिभागबाट निर्णय नभएको जानकारी गराउदै आएको छ ।
आयत हुने तरकारी र फलफुलको बिषादी परीक्षण गर्ने मुख्य उद्देश्यले प्रदेश सरकारले अन्बेषण प्रयोगशाला सञ्चालनमा ल्याएप्नि संघीय सरकारले अनुमति नदिँदा नेपाली बजारमा बिक्रि भैरहेका तरकारी र फलफुलहरुको मात्र नुमना परीक्षण हुदै आएको छ । तर बिषादी परीक्षण गराउन देशभित्रका सेवाग्राहीहरु नआउँदा प्रदेश सरकारको लगानीको सदपुयोग हुन पाएको छैन ।
विदेशबाट आयात हुने तरकारी र फलफुलहरुको बिषादी परीक्षण गराउन प्रदेश २ को सर्लाहीको नवलपुर र झापाको विर्तामोड नमुना लानुपर्ने बाध्यता खर्चिलो र झन्झटिलोृ भएकोले विराटनगर स्थित प्रयोगशालालाई नै अनुमति प्रदान गर्न भन्सार एजेन्ट र कारोवारीहरुले माग गर्दै आएका छन ।
लकडाउनको समयमा पनि आयात भएका तरकारी र फलफुलहरु व्यापारीहरुले सर्लाहीको नवलपुर र झापाको विर्तामोड स्थित प्रयोगशालामा बिषादी परीक्षणका लागि लानुपरेको थियो । झन्झटले गर्दा धेरै व्यापारीहरुले मिलेमतोमा नमुना परीक्षण नै नगराई कागजी प्रतिबेदन पेश गरेर भन्सारबाट बिषादीयुक्त्त तरकारी र फलफुल जाँचपास गराएर नेपाल भित्रयाएर बिक्रि गरेका थिए ।