इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ५ राधामार्गमा संचालित एक फ्रेस साउसमा ग्याँस लिक भई आँगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
स्थानीय शम्भु दाहालको घरमा ४ दिनअघि मात्रबाट संचालन शुरु भएको आरके मिटमाटमा पानी तताउने क्रममा आज साँझ साढे ६ बजे सुविधा ग्याँसको पाइपबाट ग्यास लिंक भई आँगलागी भएको संचालक मध्येका केशरमान लिम्बुले बताए ।

120331102_3244266848956385_8998423945356018612_n

 

आँगलागीबाट फे्रस हाउसमा भएका डि फ्रिज, मोबाईल, साउण्ड सेट, नगद ४ हजार लगायत अन्य सामाग्री जल्दा १ लाख ५० हजार बराबरको क्ष्क्षति भएको लिम्बूले जनाकारी दिए । सो फ्रेस हाउस दर्ताका लागि प्रकृयामा थियो । संचालन गरेको ४ दिनमै ग्यास लिंक भई आँगलागी हुँदा ठूलो नोक्सान पुगेको अर्का संचालक राम बस्नेतले बताए । आँगो स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

 

120334282_249027513154830_2225353857424750037_n