विराटनगरः बजारमा एक सय रुपैँया भन्दा बढीमा विक्रि भैरहेको सुकेको प्याज व्यापारीहरुले भारतबाट प्रतिकेजी ३५ रुपैया केजीमा खरिद गरेर ल्याउने गरेको पाइएको छ ।
विराटनगर भन्सारमा बुझाएको विलबिजक अनुसार पछिल्लो समय भदौ र असोज महिनामा आयात गरेको प्याज व्यापारीहरुले भारतमा प्रतिकेजी २२ रुपैया भारु अर्थात नेपाली ३५ रुपैया मूल्यमा खरिद गरेको पाइएको हो ।
विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा विराटनगर नाकाबाट प्रतिकेजी ३५ रुपैया खरिद मुल्यमा १३ लाख १० हजार रुपैया बढीको ३१ मेट्रिक टन सुकेको प्याज आयात भएको छ ।
जुन प्याज नेपालको तराइका बजारमा एक सय रुपैया भन्दा बढीमा व्यापारीहरुले अभाव देखाउदै बिक्रि गरिरहेका छन ।
विराटनगर भन्सारबाट आयात भएको आलु प्रतिकेजी भारु १५ अर्थात नेरु ३२ रुपैयामा खरिद भएको पाइएको छ । आलु हाल नेपाली बजारमा प्रतिकेजी ६० देखी ७० रुपैया प्रतिकेजी विक्रि भैरहेको छ ।
लकडाउन सुरु भएदेखि भदौ मसान्तसम्ममा विराटनगर भन्सारबाट ५२ करोड ३५ लाख ७४ हजार रुपैया वरारवरको तरकारी आयात भएको छ ।
भन्सार कार्यलयको तथ्याङ्कअनुसार ११ चैत २०७६ देखि असार मसान्त सम्मम ३२ करोड ५३ लाख १ हजार ९ सय ७६ रुपैयाको तरकारी आयात भएको छ ।
चालु बर्ष २०७७ । ०७८ को साउन र भदौ महिनामा १९ करोड ८२ लाख ७२ हजार रुपैया बराबरको ४ हजार ६ सय २२ मेट्रिक टन तरकारी आयात भएको छ । जसमध्ये साउनमा ९ करोड ९५ लाख ५९ हजार र भदौमा ९ करोड ८७ लाख १२ हजार मूल्य बराबरको २ हजार ९३ मेट्रिक टन हरियो तथा सुकेको तरकारी आयात भएको छ ।
विराटनगर भन्सारबाट मुख्य आलु , प्याज , लसुन र हरियो तरकारी नेपालतर्फ आयात हुने गरेको छ ।
भन्सार कार्यालयका अनुसार प्राय सबैखाले हरियो तरकारीहरु प्रतिकेजी भारु २० अर्थात नेरु ३२ रुपैयामा खरिद भएको पाइएको छ । भारतबाट आयात भएका कुनैपनि हरिया तरकारी बजारमा ५० रुपैया भन्दा कममा बिक्रि भएका छैनन ।