इटहरीः नेपाल सुनचाँदी व्यवसायी महासंघ १ नम्बर प्रदेश शाखाको हिजो सोमबार सुनसरीको इटहरीमा भएको अधिवेशनले रुपदल विश्वकर्माको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।षाध्यक्षमा राजेशकुमार सोनी, सहकोषाध्यक्षमा श्रेष्ठ, सदस्यहरुमा सृजना घिमिरे, विमलकुमार बेगवानी युवराज विश्वकर्मा र नीरकुमार विश्वकर्माका साथै एसोसिएट सदस्यमा आलोक राठी चयन भएको सचिव कुमार श्रेष्ठले बताए । असोज १२ गते सातै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका अनुसार प्रदेश १ मा पनि कार्यसमिति चयन भएको सचिव श्रेष्ठको भनाइ छ ।

120199699_1288988588105238_5561669869971466674_o (1)

महासंघका केन्द्रीय अध्यक्ष तथा प्रदेश १ संयोजक मोहनकाजी शाक्यलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सुनचाँदीको चोरी तस्करी नियन्त्रण गर्न व्यवसायीले जिम्मेवार बनी बिल हेरेर मात्र सुनचाँदी खरिद गर्न सबै व्यवसायी सहमत भएका छन् । सुनचाँदी व्यवसायका क्षेत्रमा थुप्रै समस्या रहेको उल्लेख गर्दै सचिव श्रेष्ठले आम्दानीका हिसाबले राज्यको चौथो अङ्ग मानिएको सुनचाँदी व्यवसायका क्षेत्रलाई राज्यले उपेक्षा गरेको आरोप लगाए ।

120301711_1288988548105242_4607674715918720243_o (1)

यस क्षेत्रलाई व्यवस्थित गर्न सरकारले स्पष्ट नीति तर्जुमा गर्न नसकेको भन्दैश्रेष्ठले सुनचाँदी व्यवसायीप्रति समाजको दृष्टिकोण नकारात्मक हुँदा व्यवसायीहरु अपमानित हुनुपरेको गुनासो गरे । दसैँका बेला अन्य समयमा दैनिक ४० किलो सुन आयात हुने गरेकोमा कोरोना महामारीका कारण सरकारले आयात कटौति गरी दैनिक १५ किलोमा झारेकाले व्यवसायी मर्कामा परेको उनको भनाइ छ ।