इटहरीः कोरोना महामारीका कारण यस वर्ष नेपाल राष्ट्र बैँकले दसैँमा नयाँ नोट वितरण नगर्ने भएको छ ।
नोट वितरण भए संक्रमणको जोखिम बढ्ने भन्दै राष्ट्र बैँकले नोट नबाँड्ने निर्णय गरेको हो । बैँक तथा वित्तिय संस्थाका कर्मचारीसमेत भाइरसबाट संक्रमित भएपछि नेपाल राष्ट्र र्बैकले यसअघि आफ्ना केन्द्रीय तथा क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैँकका शाखाहरुबाट गर्दै आएको नोट वितरणको काम यस वर्ष स्थगित गरेको छ । दशैंमा अन्य समयमा भन्दा करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको आवश्यकता पर्दछ ।
दशैंमा सर्वसाधारणलाई बितरण गरिने ५ रुपैयाँदेखि माथिका दरका नोटहरु यस पटक राष्ट्र बैकले बितरण नगरे पनि बजारमा नोटको अभाव भने नहुने राष्ट्र बैकले जनाएको छ । कोरोनाको संक्रमणबाट राष्ट्र बैकका डिपुटी गर्भनर शिवराज श्रेष्ठ लगायतका उच्च तथा सहायक कर्मचारीहरु पनि कोरोनाबाट प्रभावित भएका छन । बैँकका विभिन्न तहका कर्मचारी संक्रमणग्रस्त भएपछि नेपाल राष्ट्र बैँक नोट वितरणको निर्णयबाट पछि हटेको हो ।