खोटाङः नेपाल सुनचाँदी व्यवसायी संघ १ नम्बर प्रदेशको अध्यक्षमा झापाका लोकप्रिय युवा व्यवसायी तथा समाज सेवी राजु धमला निर्वाचित भएका छन् ।
धरानको उद्योग बाणिज्य संघको सभाहलमा सोमबार भएको प्रदेशको प्रथम अधिबेशनमा कुलमत ८९ खसेकोमा किसन मास्केले ३६ मत ल्याएका थिए,भने राजु धमलाले ५० मत ल्याएर १३ मतको अन्तरले मास्केलाई पराजित गदैँ धमला प्रदेशको प्रथम अध्यक्ष भएका हुन । धमला नेपाल सुनचाँदी व्यवसायी संघ झापा अध्यक्ष समेत रहेका छन् ।
त्यस्तै गरि संघको उपाध्यक्षमा चतुर चौधरी उदयपुर, धनमान वराइली,इलाम, सचिवमा कुमार श्रेष्ठ सुनसरी,सह–सचिव ज्ञानु धमला दमक र कोषाध्यक्षमा राजेश सोनी झापा रहेका छन् भने ,समितिको सदस्यहरुमा सृजना घिमिरे ,बिमल कुमार देगवानी ,निर कुमार बिश्वकर्मा र युवराज बिश्वकर्मा रहेका छन ।
निर्वाचित भएपछि धमलाले भने, संघको प्रदेशको प्रथम अधिबेशनबाट नयाँ कार्यसमिति बिस्तार भएको छ ,१ नम्बर प्रदेशको सबै जिल्लामा संघको शाखा बिस्तार गर्ने,आधुनिक तथा परम्परागर्त गरगहनाको बजारको बिभिन्न अध्ययन अनुसन्धान गरि बजारको लागि उचित व्यवस्थापन मिलाउने ,व्यवसायीहरुको हकहित र प्रवर्धन गर्ने प्रदेश भित्रका व्यवसायीलाई एकजुट बनाउने छु , कार्यसमितिमा रहनु हुने सम्पूर्ण सार्थीहरु तथा आम सुनचाँदी व्यवसायीलाई आबश्यक प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने आफ्नो कार्यकालमा नेपाल सुनचादीँ व्यवसायी संघ प्रदेशको भवन बनाउने समेत प्रतिबद्धता गरेका छन् ।