इटहरीः‘डिसहोम डिलर दाई’को एक लाख इटहरीका देवि प्रसाद खतिवडाले प्राप्त गरेका छन् । गत माघ महिनादेखि डिस् मिडियाले सुरुगरेको सो अफर हरेक हप्ता २ जनालाई प्रदान गर्ने गरिन्छ । डिसहोमले यो साता गरेको लक्कि ड्रमा इटहरीको तरहरा घर भएका खतिवडाले एक लाख प्राप्त गरेका हुन् । डिसहोमले आफ्ना ग्राहकलाई ‘फण्ड ट्रन्फार’मार्फत् रिचार्ज गरेका ग्राहक मध्ये प्रत्येक हप्ता २ जनालाई ‘लक्कि ड्र’ मार्फत् एक÷एक लाख प्रदान गर्दै आएको हो ।

डिसहोमका ग्राहकले प्रत्येक हप्ताको सनिवारदेखि विहिवार सम्म गरेको रिचार्जमा एक लाख नगद सहित अन्य आर्कषक पुरस्कार पनि रहेका छन् । यो योजनामा सहभागि हुन डिसहोमका ग्राहकले ‘फण्ड ट्रन्फार’मार्फत् १ वर्षको लागि रिचार्ज गर्नुपर्ने हुन्छ । एक वर्षको रिचार्ज गर्दा ग्राहकलाई ३ महिनाको शुल्क मिनाहा गरिने डिसहोमले जनाएको छ । एक लाख प्राप्त गरेका खतिवडाले मासिक रिचार्जमा कुनै अफर पनि नहुने र गरिराख्न झण्झट हुने भन्दै वार्षीक रिचार्ज गर्न अनुरोध गरेका छन् ।