इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएकी छन् ।
आफ्नो सन्देशमा राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी ट्रम्पसँगै संक्रमित पुष्टि भएकी प्रथम महिला मेलिनिया ट्रम्पको पनि स्वास्थ्य लाभको कामना गरेकी छन् । सन्देशमा उनले प्रभावकारी कदम चाल्दै आफ्नो देशमा कोभिड–१९ को महामारी नियन्त्रण गर्न पनि समकक्षी ट्रम्पलाई सुझाव दिएकी छन् ।
नेपाल र अमेरिका बीचको सम्बन्ध बहुआयामिक रहेको तथ्य सन्देशमा उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आगामी दिनमा दुई मुलुकबीच आपसी सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेकी छन् । गत शुक्रबार संक्रमण पुष्टि भएसँगै ट्रम्प दम्पतिले आफूलाई आइसोलेसनमा राखेकोमा राष्ट्रपति ट्रम्पको अवस्था जटिल बन्दै गएको छ ।