इटहरीः कोरोना संक्रमणका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द भएको छ ।
पार्टीका केन्द्रीय सदस्यका साथै कार्यालका कर्मचारी संक्रमित देखिएपछि असोज ५ गतेसम्मका लागि कार्यालय बन्द गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार असोज १५ गते भएको पीसीआर परिक्षणबाट चार जना केन्द्रीय सदस्य तथा कार्यालयका कर्मचारी संक्रमित देखिएका थिए ।
संक्रमणका कारण कार्यालय बन्द भएकाले आज बस्न लागेको पदाधिकारी बैठक स्थगित भएको र भोलिका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठकबारे अन्यौल कायम भएको प्रवक्ता शर्माको भनाइ छ ।