इटहरीः नेपालमा आज सोमबार सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँको गिरावट आएको छ ।

हिजो आइतबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रहेको छापावाल सुनको मूल्य आज प्रतितोला ९४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, हिजो प्रतितोला ९४ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ४०० रुपैयाँको गिरावट आई प्रतितोला मूल्य ९३ हजार ६ सय कायम भएको महासंघको भनाइ छ ।

सुनको मूल्यम गिरावट आएपनि चाँदीको मूल्य भने प्रतितोला एक हजार एक सय ८० रुपैयाँको दर यथावत रहेको छ । महासंघका अनुसार यो अन्तर्राष्ट्रिय बजारको प्रभावबाट सुनको मूल्य ओरालो लागेको हो ।