इटहरीः चितवन राष्ट्रिय निकुञ्जमा रहेका आज मंगलबार दुई ओटा गैँडा मृत फेला परेका छन् ।

rhino1

 

नारायणी नदीमा बगेर मृत्यु भएको अवस्थामा एउटा गैँडा भारतको बाल्मिकी टाइगर रिजर्भ क्षेत्रमा फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत गैँडालाई भारतीय कानून अनुसार पोष्टमार्टमपछि भारतमै जलाइएको जानकारी भारतको टाइगर रिजर्भले दिएको छ ।

यसैगरी, निकुञ्जको सौरहा सेक्टरको वनकट्टा वनगछिया क्षेत्रमा पनि एउटा १२ वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ । सो गैँडाको पछाडिको खुट्टा भाँचिएको बताउँदै सूचना अधिकारी रामले एक आपसमा जुधेर बिरामी भएपछि गैँडाको ज्यान गएको हुनसक्ने अनुमान गरेका छन् । निकुञ्जको तथ्याङ्क अनुसार यस आर्थिक वर्षको तीन महिनामा सात ओटा गैँडाको मृत्यु भएको छ भने हाल निकुञ्जमा ६ सय पाँच ओटा गैँडा जिवित रहेका छन् ।