इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले कुवतका नयाँ अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहलाई आज एक सन्देश जारी गर्दै बधाइ तथा शुभकामना व्यक्त गरेकी छन् ।
कुवेत र नेपाल बीचको द्विपक्षीय सम्बन्ध सन् १९७२ मा कुटनीतिक रुपमा स्थापित भई हालसम्म हालसम्म प्रगाढ रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसको निरन्तरता विस्तारको विश्वास व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले सन्देशमार्फत् कुवेत र त्यहाँका नागरिकको उत्तरोत्तर प्रगतिको कामनासमेत गरेकी छन् ।