इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेन्डर डे क्रोका नाममा बधाइ तथा शुभकामना सन्देश जारी गरेका छन् ।

ओलीद्वारा जारी सन्देशमा दुवै देश द्विपक्षीय सम्बन्धबाट लाभान्वित भएको जिकीर गरिएको छ । दुई देशबीच आगामी दिनमा आपसी सम्बन्धमा थप प्रगाढता विकसित हुने विश्वास ओलीले व्यक्त गरेका छन् ।

यसैबीच, बेल्जियमका नवनियुक्त उपप्रधानमन्त्री तथा विदेशमन्त्री सोफी विम्सलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक सन्देश जारी गर्दै बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनको कार्यकालमा दुई देशबीचको आपसी कुटनीतिक तथा व्यावसायिक सम्बन्ध थप मजबुत भई लगानीको अनुकूल वातावरण निर्माण हुने विश्वास मन्त्री ज्ञवालीले सन्देशमा व्यक्त गरेका छन् ।