इटहरीः दशैँ तिहार जस्ता चडपर्वलाई मात्रै लक्षित गरेर बजार अनुगमन गर्ने प्रवृत्ति गलत भएको सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाकी उप–प्रमुख मञ्जु भण्डारी ९सुवेदी०ले बताइन् । ‘हेर्नुस् यो दशैँमा मात्रै बजार अनुगमन गर्ने जुन हाम्रो परम्परा छ त्यो मलाई नाटक गरे जस्तो लाग्छ । के अरु बेला चाहिँ कालो बजारी हुँदैन ? अरु बेला चाहिँ उपभोक्ता ठगिदैनन् ? त्यसैले धरान उपमहानगरले जुनसुकै बेला पनि बजारको अनुगमन गरिरहेको छ । अझ यो चाडपर्वमा हामीले बजार अनुगमनलाई प्रभावकरी बनाउँदै छौँ’, उनले भनिन् । प्रदेश पोर्टलसँग टेलिफोन सम्बादमा उनले धरामा कोरोना संक्रमण बढिरहेको र यसको प्रमुख जिम्मेवार जनता आफैँ रहेको बताइन् ।

‘अहिले दशैँको चटारो सुरु भयो । तर धरानमा जनताले स्वास्थ्य सुरक्षाको मपदण्ड पुरा नगरि बजारमा निस्कने गरेकाले संक्रमणको अवस्था भयावह बन्ने खतरा रहेको छ । त्यसैले उपमहानगरले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेका छौँ । अब यो बेला लकडाउन गरेर मात्रै पनि कोरोना संक्रमण रोकीने अवस्था छैन । फेरी व्यवसयीहरु पनि ६/७ महिनादेखि व्यवसाय ठप्प भएको र चाडपर्वको समयमा केहि राहत मिल्ने भनेर बजारमा आउनु भएको छ । आम जनता पनि चाडपर्वको किनमेलमा लागेका छन् । यो बेला हामीले लकडाउन गर्नु उचित हुँदैन्’, उनले भनिन् । उनले अब उच्च सतर्कता अपनाएर बजार खुलाउनुको विकल्प नरहेको जानकारी दिइन् । साथै उनले नगरले चाडवर्पमा थप प्रभावकारी बजार अनुगम सुरु गरेको बताइन् ।

‘हाम्रो नगरमा आवश्यक खाद्ययवस्तु उत्पाद नै हुँदैन । बाहिरबाट आयात गर्दा मुल्य बढी पर्छ । यद्यपी अरु ठाउँमा भन्दा धरानमा हरेक सामानको मुल्य सस्तो छ । तर पनि कोरोना महामारीको यो समयमा लामो समय व्यापार ठप्प पारेर बसेका व्यवसायीले अधिक नाफा कमाउने उदेश्यले मिसावट गर्ने, मुल्य बढाउने, कालोबजारी गर्ने, गुणस्तरहीन सामान दिने जस्ता काम गर्न सक्छन् त्यसैले हामील यो सबै रोक्न बारम्बार बजारमा जाने गरेका छौँ’, उनले भनिन् । साथै उनले मध्यस्तकर्ताले बजार मुल्य वृद्धिमा महत्वपुर्ण भूमिका खेलेको र उनिहरुको संजाल तोड्न उपमहानगर विफल रहेको स्वीकार गर्छिन् ।

‘धरानमा विभिन्न सामानको मुल्य वृद्धि हुनुमा विचौलियाको संजाल पनि एक मुख्य तत्वको रुपमा रहेको छ । हाल तराईबाट सामान कम आयात हुने र धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा लगायतका पहाडका जिल्लाबाट सामान आयात हुने गरेको छ । यी ठाउँबाट सामान आयात गर्दा विभिन्न ठाउँमा विचौलिया पस्ने भएकाले सामानको मुल्य आकासिएको छ । हामीले विचौलियाको संजाल तोडन् धेरै प्रयास गयौँ तर हामी विफल भयौँ’, उनले भनिन् ।