काठमाडौंः योजना बनाएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने शुक्रबार एक कार्यक्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थितरुपमा निर्माणमा जोड दिनुपर्ने बताए ।
व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने बताए ।
नेपालमा पूर्वाधारमा लगानी विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताए । ६० प्रतिशत सरकारको लगानी ३० प्रतिशत निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका छन् । यातयाता, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र(सेज), शहरी पूर्वाधार लगायत क्षेत्रमा अवसर लगानीको अवसर रहेको उनले बताए।
हाइड्रो, टुरिजम होटल र सीमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको उनले बताए । पब्लिक प्राइभेट पाटनरसीपमा पूर्वाधार लगानी पर्याप्त मात्रामा हुन नसकेको उनको भनाइ छ ।
कार्यपत्र प्रस्तुत गर्दै पिई सतिस त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताए । ६ प्रतिशतदेअि ८ प्रतिशतसम्मको जिडीपी ग्रोथले आर्थिक विकासमा जाँदा पनि विकास सुस्त भएको उनको भनाइ छ ।
अरु देशले सुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उनको भनाइ छ । ‘सडकको ट्रयाक खोल्नमै छौ, उहाँले भन्नुभयो, हामी डेपलपमेन्टमा छैनौ’ अब लगानी गर्ने पूर्वाधारले देशको विकास कहाँ पुग्छ भन्ने भन्न सकिने उहाँको भनाइ छ । योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको उनको भनाइ छ । संघीयता सुरु भएको समयमा पूर्वाधार निर्माणको चरण भएको उनको भनाइ छ ।
५ वर्षमै पूर्वाधार बिग्रनेखालको बनाउन हुँदैन । पूर्वाधारका लागि लगानी गर्दैछौं । १९७० को मोडेलमा रहने होइन । दिर्घकालिन योजना बोकेर जानुपर्छ ।
थोरै काममा काम गर्दा पूर्वाधार निर्माण भएन, अब त स्थानीय तहले योजना बनाएर काम गर्न सक्छन्’ उनले भने ।
प्रोफेसर डां संगिता सिंहले भूकम्पपछि पुर्ननिर्माणको काम अघि बढ्न नसकेको बताए । योजना बनाएर शहर निर्माण गर्नुपर्ने उनको भनाइ छ । पूर्वाधार निर्माणमा योजना बनाएर अघि बढ्न सके पछि समस्या नआउने र व्यवस्थित शहर बन्ने उनको भनाइ छ । धुर्मुस सुन्तली फाउन्डेसनले बस्ती निर्माण गरेजस्तै सरकारले पनि त्यसरी योजना बनाएर अघि बढ्न आवश्यक भएको उनको भनाइ छ ।
सिभिल ईञ्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक भएको बताए । विकसित शहर बनाउन पहिला नै योजना बनाउनुपर्छ’उनले भने । नेपालको शहरी क्षेत्र पूर्णरुपमा व्यवस्थित हुन नसकेको भन्दै अब निर्माण गर्दा व्यवस्थित गर्न सकिने बताए ।
कार्यपत्र प्रस्तुत गर्दै रतन झाले पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउछन् । विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने उनको भनाइ छ । आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यक भएको उनको भनाइ थियो ।
ईञ्जिनियर दिपक बाबु कडेलले गैरआवासीय संघले बस्ती सार्न खोज्दा नसकिएको बताए । नेपालमा रेल आवश्यकताभएपनि जीवन जिउने आवश्यकता भएको बताए । ‘जसरी हुन्छ, आर्थिक विकास गर्नैपर्छ’उनले भने,‘त्यसका लागि विदेशी लगानी बढाउनै पर्छ । स्मार्ट सिटी बनाउन ध्यान दिनुपर्ने उनले बताए । अरुणदेव पन्तले विल्डिङ इन्फास्टक्चरमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड १९ ले उत्पन्न गरेको विशम परिस्थितिमा पनि गैरआवासीयले महत्वपूर्ण काम गरेको बताए । भौतिकरुपमा टाढा रहेपनि संमृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक गर्न विश्वकै जुनसुकै देशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुने बताए ।
सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी विकासशील बनाउन पूर्वाधारले महत्वपूर्ण योगदान दिने बताए । स्थायी सरकार बनेसँगै देश निर्माणको क्रममा अघि बढेको बताए । नीतिगत रुपमा सहज गर्दै विदेशी लगानी आकर्षित गर्दै पूर्वाधार निर्माणमा अघि बढेको उनको भनाइ छ । रेल, बाटो, सुरुङमार्ग निर्माणमा अघि बढेको बताए ।
मन्त्री नेम्वाङले शहरी विकासमा सरकार लागिपरेको बताए । ‘नयाँ संरचना निर्माण गर्दा त्यसतर्फ ध्यान दिएका छौं’उनले भने । मेघा शहर निर्माण गर्दा व्यवस्थित गरेर जाने बताए । सुरक्षित नागरिक आवाज, जनता आवास, पुर्ननिर्माण क्षेत्रमा सरकारले ध्यान दिएको बताए ।
नेपालमा कस्तो प्रकारको बिल्डिङ बनाउने भन्ने विषयमा योजना बनाएका छौं’ उनले भने । विगतदेखि २७ वटा नयाँ शहर र १५ वटा स्मार्ट शहर बनाउन लागिएको बताए । हिमाली भेगमा पनि हावापानी सुहाउँदो शहर बनाउने गरी ५ वटा ठाउँमा व्यवस्थित गरी अघि बढेको उनको भनाइ छ । एक शहर एक पहिचानको रुपमा अघि बढेको उनले बताए ।
भारतको सिमाना जोडिएका ३० वटा नगरलाई व्यवस्थित शहर बनाउन लागिएको र १ सय ५८ वटा नयाँ शहरमा राम्रो नगर बनाउन लागिएको उनको भनाइ छ ।
दुई सय ९३ नगरलाई व्यवस्थित बहर बनाउन सरकार लागिपरेको उनले बताए । पूर्वाधार निर्माणमा देश अघि बढेको भन्दै आवश्यकता अनुसार नीतिगत व्यवस्था गर्न लागेको उनले बताए ।
साना सडक व्यवस्थित गर्ने, पूर्व पश्चित रेल मार्ग निर्माण तथा सुरुङमार्ग निर्माणमा सरकारको प्राथमिकता गएको उनको भनाइ छ । उपत्यकाभित्र व्यवस्थित शहर निर्माण गर्न लागिएको र गैरआवासीय संघको समन्वयमा लगानी भित्राएर अघि बढ्ने बताए ।
गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले सरकार र निर्माण व्यवसायीबीच सुमधुर सम्बन्ध हुन नसकेको बताए । देशको विकासका लागि दुवै पक्ष एक भएर जानुपर्ने बताए । पूर्वाधार निर्माणका लागि एनआरएनले सघाउने उनले बताए । ‘गुणस्तर निर्माण गर्न हामी चुकेका छौं’उनले भने । प्रविधि प्रयोग र नेपालमा प्रविधि हस्तान्तरण गर्न सरकारले ध्यान दिन जरुरी भएको उनको भनाइ छ ।