बेलबारीः छिमेकी अशक्त महिलालाई बलत्कार गरेको आरोपमा बेलबारी– ८ का बृद्ध पक्राउ परेका छन । बुधबार साँझ बोल्न नसक्ने ६३ बर्षीय अशक्त महिलालाई जबरस्ति करणी गरेको आरोपमा ६८ बर्षीय शेर वहादुर भनिने पदम बहादुर मगर पक्राउ परेका हुन ।
पिडितले उजुरी दिए पछि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले पुष्टि गरेको छ । प्रहरी निरिक्षक राम कुमार राइका अनुसार घटनाकाे अनुसन्धान भइरहेको छ ।
बेलबारी नगरपालिका उप मेयर ढाका पराजुली सहितको टोलि पीडित महिलाको घरमै पुगेर दोषिलाई करवाह गर्ने आश्वसन दिएकाे छ । बिहिबार बिहान घरमा पुगेर दोषिलाइ हदैसम्मकाे कारवाही हुने र पडितलाई न्याय दिने बताएकी छिन ।