इटहरीःअपाचे आरटीआर १६० फोर भिमाएबीएस र स्मार्ट कनेक्ट फिचर थपगर्दै कम्पनीले सार्वजनिक गरेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्रीवितरण हुँदै आएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्रीगर्दै आएकोमाअबभने स्मार्ट कनेक्ट र एबीएस थपभएर आएको हो । यो सँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भि ग्राहकले खरिद गर्न सक्ने छन् ।
नयाँमोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले भने, ‘हामीले ग्राहकको चाहना र बजेट अनुसारको मोटरसाइकल ल्याएका छौं । एउटै मोटरसाइकलमा २ लाख७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमायी मोटरसाइकल उपलब्ध हुने छन् । यसले ग्राहकलाई आफ्नो बजेट, आवश्यकता र फिचर अनुसारको मोडल छनोट गर्न सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’
१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भइन्जिन रहेको छ । यसमा रहेकोइन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।
स्मार्ट कनेक्ट फिचरको प्रयोग
चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।
साथै, चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदाउक्त टप स्पीड डिस्प्लेमा देखिने छ ।
यसका अलावा कम्पनीले यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ ।
त्यसैगरि नयाँआरटीआर १६० फोर भीमागियर इन्डिकेटर, लो फ्युलवार्निङ, क्लक, आरपीएमअर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ ।
यसका अलावा यसमा लिनएंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कलअर्लट मोड उपलब्ध रहेको छ । लिनएंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कतिआरपीएमा गियर चेन्जभयो जस्ता रेकर्ड हेर्न सकिन्छ । बिशेषत यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्धत गर्छ ।
यस्तै यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रागर्दा पार गरेको दुरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्न मद्धत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसनअफगर्दासम्मको सूचना यसले राख्छ ।मोवाइल माफर्त टर्न वाइ टर्न नेभिगेशन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्ट मार्फत मोवाइलमाआएको म्यासेज तथा कलकन्सोलमा देख्न सकिन्छ ।
कम्पनीले यसमा ‘किफिचर’को रुपमाक्रयास अर्लट फिचर दिएको छ । कुनै पनि अबस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्तफिचर मार्फत लोकेशन सहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ ।यसका साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखिने छ । यो बिशेषत ग्रुपमा राइड गर्दा महत्वपुर्ण हुन्छ ।
यस्तै यो मोटरसाइकलको ह्यान्डलबार को वाँया तर्फको टर्न इन्डिकेटरसँगै नयाँआइ साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दवाएर नजिक रहेको पेट्रोल पम्पको लोकेशन पाउन सकिन्छ ।
यस्तो छ मूल्य
हामीले यसअघि बिक्रीगर्दै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख७२ हजार ९०० रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरि नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचर सहितको मूल्य २ लाख७४ हजार ९०० रुपैयाँ रहेको छ । यसअघि बिक्रीहुँदै आएको डबल डिस्क भेरियन्टको मूल्यभने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।
देशभर आजैबाट बिक्री सुरु हुने
जगदम्बामोटर्स प्रालिको देशभर रहेका १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवादिने सेन्टरहरुबाट नयाँमोटरसाइकल आजै २ः३० बजेबाट बिक्रीको लागि राखिएको छ । विभिन्न ५ भेरियन्टमा उपलब्ध यी मोटरसाइकल ग्राहकले देशको कुनैपनि क्षेत्रबाट खरिद गर्न सक्ने छन् । इटहरीको आधिकारिक बिक्रेता पारस अटो मोबाइल्सले पनि उक्त फिचर भएका मोटरसाईकलको बिक्री थालेको पारस अटो मोबाइल्स का डाइरेक्टर लिला लुइँटेल ले बताए ।