इटहरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताको राष्ट्रियसभामा मनोयनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

आजका लागि गौतमको मुद्दा हेर्दाहेर्दैमा रहेकोमा सुनुवाइ हुने संवैधानिक इजलासका न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि सुनुवाइ स्थगित भएको हो । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरेकोमा आजको पेसी सूचिमा गौतमको मुद्दा नपरेपछि सुनुवाइ स्थगित भएको बताए । सवौच्च अदालतका न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण देखा परिसकेको पृष्ठभूमिमा गौतमको मुद्दामा दसैँपछि मात्र सुनुवाइ हुन सक्ने अवस्था देखिएको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतम राष्ट्रियसभामा मनोनित भएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनको नियुक्ति बदर गरी राष्ट्रियसभा सदस्य मनोनयनको मापदण्ड तोक्ने परमादेशको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट अदालतले संवैधानिक इजलासमा पठाएको थियो । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।