इटहरीः सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
रक्तचाप बढेपछि उनलाई हिजो बुधबार साँझ काठमांडौको ह्याम्स अस्पताल भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्ण्ु रिजालले बताए ।
उनका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले रक्तचाप सामान्य अवस्थामा आएपछि खनाललाई अस्पतालबाट डिस्चार्ज गरिने बताएको पनि रिजालले उल्लेख गरे । नेता खनालमा रक्तचापबाहेक अन्य कुनै समस्या नरहेको अस्पतालले बताएको छ ।