इटहरीः आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस । विश्वका विभिन्न देशहरुमा व्यक्तिगत सरसफाइबारे सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ बाट आफू बच्न र अरूलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाउनुपर्नेमा जोड दिँदै शुभकामना सन्देश जारी गरेकी छन् ।

सन्देशमा उनले नागरिकको जीवनलाई स्वच्छ , स्वस्थ र मर्यादित बनाउन सबैमा आग्रह गरेकी छन् । कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता आवश्यक रहेको सन्देश नागरिकसम्म पु¥याउनु अपरिहार्य भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

असोज १३ देखि कात्तिक १४ गतेसम्मको एक महिनाको अवधिमा तीनै तहका सरकार र सरोकारवालाको साझेदारीमा देशभरि सबैका लागि हातको स्वच्छता अभियान सञ्चालन भइरहेको छ । अभियानको नारा ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ तय गरिएको छ ।