इटहरीः हिजो बुधबार साँझ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री नियुक्त गरिएका तीन जनाले आज बिहान राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका छन् ।

आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण समारोहका बीच सपथ ग्रहण गर्नेहरुमा नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हिजो साँझ केही मन्त्रीहरुको जिम्मेवारी हेरफेरका साथै तीन जना मन्त्री नियुक्तिको सिफारिस गरिएकामा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भण्डारीद्वारा सपथ ग्रहण गराइएको हो ।