इटहरीः रक्तचाप बढेपछि काठमांडौस्थित ह्याम्स अस्पतालमा गत बुधबार भर्ना गरिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज भएका छन् ।

स्वास्थ्य अवस्थामा सुधार भएपछि डिस्चार्ज भएका खनालले सामाजिक सञ्जालमार्फत् आफू अस्पतालबाट बाहिरिएको र आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् ।

‘२०७७ असोज २८ गते म रक्तचाप बढ्न गई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएको थिएँ । अस्पतालका डाक्टरहरूको निरन्तरको राम्रो उपचारपछि अहिले मेरो स्वास्थ्य सामान्य अवस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु ।’ आफ्नो अवस्थाबारे जानकारी दिन खनालद्वारा आज लेखिएको फेसबुक स्टाटसमा उल्लेख छ ।