इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब र दसैँ खर्च बापतको रकम नलिने घोषणा गरेकी छन् ।

उक्त रकम उनले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषलाई प्रदान गर्ने भएकी हुन् । राष्ट्रपति भण्डारीले आफूले प्राप्त गर्ने दुई महिनाको तलब र दसैँ खर्च कोरोना भाइरस रोकथाम तथा उपचार कोषलाई उपलब्ध गराउने घोषणा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताए ।

यसका साथै, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यस वर्ष प्रधानमन्त्री केपी शर्मा ओली, संघीय सरकारको सबै मन्त्रालयका मन्त्रीहरु तथा प्रदेश सरकारका पदाधिकारीहरुले समेत दसैँ भत्ता नलिने घोषणा गरेका छन् ।