इटहरीः गत आइतबारदेखि स्थीर रहेको सुनको मूल्य आज बुधबार एकै पटक प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

आइतबारदेखि मंगलबारसम्म ९४ हजार सात सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन आज प्रतितोला ९५ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार ९४ हजार दुई रुपैयाँ प्रतितोलाको दरमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

चाँदीको मूल्यमा समेत आज सामान्य वृद्धि भएको महासंघको भनाइ छ । हिजो प्रतितोला एक हजार दुई सय १० रुपैँयामा कारोबार भएको असल चाँदी आज एक हजार दुई चालिस रुपैयाँ प्रतितोलाको दरमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा प्रतितोला ३० रुपैयाँ वृद्धि भएको हो ।