इटहरीः माेरङका बलियामा यात्रुबहाक बस अापसमा ठाेकिदा १२ यात्रु घाइते भएका छन्र । विपरित दिशाबाट तीब्र गतिमा अाएका बसहरू अापसमा ठाेकिएका थिए ।
काकडभिट्टाबाट काठमाण्डाै हिँडेकाे ना ५ ख २७०८ नम्बरकाे बस र विराटनगरबाट पूर्व जाँदैगरेकाे बा २ ख ४१८ नम्बरकाे बस साँभफ ६ः१५ मा ठाेकिएका थिए । प्रहरीकाे जानकारीअनुसार वसमा दुबै बसमा क्षती पुगेकाे छ भने सवार यात्रुमध्ये ७ घाइते भएका छन् । पूर्व जाँदै गरेकाे बसका चालक २५ वर्षिया रमेश खड्का रहेका छन् । उनकाे विराटनगरस्थित न्यूराे अस्पतालमा उपचार भइरहेकाे छ ।
काडमाण्डाैं जाँदै गरेकाे बसका चालकसहित २ भारतीय नागरिक पन घाइते भएका हुन । घाइते हुनेमा झापाका ताइवान लिम्बु रहेका छन् । उनि साे बसका चालक हुन । उनकाे विराटनगरकाे गाेल्डे्न अस्पतालमा उपचार भइरहेकाे छ ।
अन्य घाइते हुनेमा भारत बंगालका ५२ वर्षिया साइडुन खानर ३६ वर्षिया चम्बसुर इस्लाम रहेका छन् । उनिहरूकाे पनि गाेल्डेन अस्पतालमा उपचार भइरहेकाे छ ।
माेरङ अादित्य मगर,बेलवारीका सुनिल शिवा र दमकका कुलप्रसाद तिमल्सिनाकाे पनि साेहि अस्पतालमा उपचार भइरहेकाे ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।
तस्बिरः बुलेट खतिवडा