इटहरीःआजदेखि नेपालमा टेलिभिजन प्रसारणको क्षेत्रमा विज्ञापनरहित प्रसारण अर्थात् क्लिन फिड नीति कार्यान्वयनमा आएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजदेखि क्लिन फिड प्रसारणको नीति कार्यान्वयनमा आएको जानकारी दिएको छ । गत वर्षको कार्तिक ८ गतेदेखि लागू भएको विज्ञापन नियमन गर्ने ऐन, २०७६ मा विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था छ ।
गत कात्तिक ४ गतेको मन्त्रिपरिषदे बैठकमा भएको निर्णय अनुसार आजदेखि क्लिन फिड नीति कार्यान्वयनमा आएको बताउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नीति कडाइका साथ लागु गरी भोलिदेखि नै कार्यान्वयनबारे अनुगमन सुरु गर्ने बताए । क्लिन फिड नीतिका कारण अब नेपालमा विदेशी टेलिभिजन च्यानलका सामग्रीहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने तथा विदेशी विज्ञापन नेपालीमा डबिङ गरी नेपालका टेलिभिजन च्यानलमा प्रसारण गर्न नपाइने भएको छ ।