इटहरीः नेपालीहरुको महान चाड दशैँ सकिनै लाग्दा पनि इटहरीमा कपडाको कारोबार सोचे अनुरुप नभएको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार यो वर्षको कारोबार गत वर्षको तुलनामा आधा कम हो । ३ महिना लामो लकडाउन र त्यसपछि पटक पटक लागू गरिएको निषेधाज्ञाले अरु व्यवसायलाई झैँ कपडा व्यवसायलाई पनि प्रभाव पारेको हो । लकडाउन खुल्ने वित्तिकै कपडाको कारोबार खासै नभएपनि दशैँको ‘सिजनमा’ कोरोबार बढ्ने धेरैले आँकलन गरेका थिए । तर दशैँमा पनि कारोबार बढ्न नसकेपछि व्यवसायी चिन्तित बनेका हुन् ।

‘यो वर्ष गत वर्षको तुलनामा ४० प्रतिशत मात्रै कारोबार भयो’ एक व्यवसायीले भने ‘हामीले लकडाउन खुल्ने वित्तिकै कारोबार नभएपनि दशैँको बेला हुन्छ भनेर आश गरेका थियौँ तर भएन ।’ साथै उनले कपडाको कारोबार शून्य भएको तर यो समयमा घर भाडा र बैँकको कर्जाले थप पिडा दिएको बताए ।


‘मैले दशैँको टिकाको भोलिपल्टैदेखि पसल खोलेँ’, अर्का कपडा व्यवसायीले भने ‘हामी ६ महिना केहि नगरि घर बस्न बाध्य भयौँ । त्यो समयको पसलको भाडा र बैँकको कर्जाले पिरोलि रहेको छ अहिले । यस्तो समयमा टिका लगाएर घर बस्नु भन्दापनि २÷४ पैशा कमाई हुन्छ कि भन्ने आशले दशैँको माहोलमा पनि पसल खोलेका हौँ ।’ उनका अनुसार जाडा यामामा थोरै भएपनि कारोबार बढ्ने आश छ । तर पनि अहिले नै कारोबार हुन्छ भन्ने आश नै नरहेको उनले बताए ।

 

dress 2