इटहरीः सुनसरीको धरानस्थित कृषि उपज बजारस्थललाई पुरस्कृत गरिएको छ ।

विश्व खाद्य दिवसका अवसरमा अक्टोबर १६ का दिन आयोजित प्रतिस्पर्धामा लगातार सातौँ पटक धरानले आफूलाई देशका १० ओटा बजारमध्ये सर्वोत्कृष्ट सावित गरेको छ । सर्वोत्कृष्ट ठहरिएपछि संघीय कृषि मन्त्रालयबाट प्रदान गरिने पुरस्कार यस वर्ष पनि धरानकै पोल्टामा परेको कृषि उपज बजारस्थलका संस्थापक लक्ष्मण भट्टराईले बताए ।

यसभन्दा अघि वि.सं. २०६१, २०६३, २०६८, २०७२, २०७५, २०७६ र यो वर्ष २०७७ सहित सातौँ पटक पनि देशभरिको कृषि उपज बजार स्थलहरू मध्ये प्रथम स्थल हासिल गरी देशकै उत्कृष्ट कृषि उपज बजार स्थलको रुपमा पुरस्कृत भएको हो ।