इटहरीः नेपाली सेनाले हिजो बुधबारदेखि तीनदिने नेपाल भ्रमणका क्रममा नेपालमा रहेका भारतीय स्थल सेनाका प्रधानसेनापति मनोजमुकुन्द नरवणेलाई आज बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएको छ ।

आज अपराहन्न राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोह आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् नरवणेलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । दज्र्यानी चिन्ह ग्रहणपश्चात् भारतीय प्रधानसेनापति नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट पनि गर्ने भएका छन् । नेपाली सेनाले नरवणेलाई सैनिक मुख्यालय परिसरमा गार्ड अफ अनर प्रदान गर्नेछ भने शहिद गेटमा रहेको शहिदको शालिकमा नरवणेले माल्यार्पणसमेत गर्नेछन् ।

नेपाली समकक्षी पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आएका नरवणे आज थापाले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा समेत सरिक हुनेछन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिप्टाचार भेटको समेत योजनामा नेपाल आएका नरवणे शुक्रबार स्वदेश फिर्ता हुने बताइएको छ ।