इटहरीः शुभ श्री व्युटि होम तथा ट्रेनिङ सेन्टरले सञ्चालन गरेको निशुल्क मेहेन्दी तथा नेल आर्ट तालिम सम्पन्न भएको छ । गत आइतबार सुरु भएको सो तालिम शुक्रबार  सम्पन्न भएको हो ।

लकडानउमा रोजगारी गुमाएका महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ एक हाप्ताको तालिम सञ्चालन गरिएको व्युटि होमकी सञ्चालीका सावित्रा नेपालले जानकारी दिइन् । उनले धरान र इटहरीका गरि २३ जना महिला तालिममा सहभागि भएको जानकारी दिइन् ।

सहभागिहरुले पनि तालिम उपयोगि भएको बताएका छन् । सहभागिहरुले पहिला केहि थाहा नभएको तर ६ दिनमा मेहेन्दी र नेल आर्टको विषयमा राम्रो ज्ञान पाएको बताएका छन् । तालिममा सहभागि सबैलाई शुक्रबार सहभागिता प्रमाणपत्र पनि प्रदान गरिएको छ ।