इटहरीःभर्खरै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा अत्यधिक बहुमतका साथ निर्वाचित भएका रिपब्लिकन पार्टीका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित सोही दलकी उम्मेदवार कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ ज्ञापन गरेका छन् ।

२७० इलेक्टोरल मत आवश्यक पर्नेमा २८४ भोट ल्याई विजयी भएका ७८ वर्षीय बाइडेनले आगामी जनावरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रमका बीच आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

यता, ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन् । यसका साथै उनी अमेरिकाको इतिहासमा पहिलो अश्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।

ट्रवीटमार्फत् दुवै विजयी उम्मेदवरलाई बधाइ ज्ञापन गरेका ओलीले अमेरिकी संस्थापनको नयाँ नेतृत्वसँग निकट सम्बन्ध कायम गरी अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ।