इटहरीः नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार नजिकिँदै छ । सामान्यतया तिहार आउनुभन्दा २ देखि ३ हप्ता अगाडि नै बजारमा आवश्यक सामान खरिद गर्नेहरुको घुईँचो लाग्ने गर्छ । विशेषगरि तिहारमा खाद्यान्न तथा सजावटका सामान बढि खपत हुने गर्छ । खाद्यानको सामानमा दाल चामलसँगै तिहार विशेषका लागि आएका सामानहरु भाइमसला, छोकडा, नरिवल, ओखर तथा सजावटका लागि विभिन्न माला तथा बत्तिको खपत तिहारमा बढि हुन्छ । नेपालमा उत्पादन भएका सामान भन्दा यो समयमा भारत तथा चिनमा उत्पादन भएका सामान बढि हुन्छ । भारतबाट खाद्यानका सामान र चीनबाट विभिन्न प्रकारका बत्तिहरु आयात हुन्छ । अन्य समयभन्दा बढि घुईँचो लाग्ने यो बेला इटहरीका बजारमा भने सामान्य मात्र चहल पहल छ । कोरोना महामारीका विच नजिकिएको तिहारले यहाँका स्थानीयलाई खुशीसँगै सजक पनि गरिएको छ । त्यसकै प्रभावले यहाँका बजारमा कारोबार र चहलपहल कम देखिएको हो ।

123684131_827937718022352_4325413079385223343_n

सामानको मुल्य बढि भयोः ग्राहक

इटहरीका विभिन्न ठाउँमा तिहारको लागि सामान किन्न आउने अधिकांस ग्राहकले सामानको मूल्यमा बृद्धि भएको बताएका छ । उनिहरुले सामानको मूल्यमा दोबरसम्मले पनि बृद्धि भएको जानकारी दिएका छ । ‘कुनै सामानको मुल्यमा १० देखि २० रुपैयाँसम्म बृद्धि भएको छ भने कुनैको मूल्य त दोबर नै भएको छ’, एक ग्राहकले भने, ‘सामान्यतया यो समयमा सामानको मूल्य अन्य समयको भन्दा बढि हुनु सोभाविक हो तर कतिपय ठाउँमा मूल्य अस्वभाविक रुपमा बढेको छ ।’

उनि जस्तै तिहारको सामान किन्न आएका अर्का ग्राहकले भने, ‘अहिले म यहाँ मसला तथा अन्य तिहारको लागि चाहिने दाल, चामल, नरिवल, छोकडा किन्न आएको हूँ । केहि समय अगाडि मैले यी नै सामान सस्तोमा पाएको थिएँ तर अहिले सामानको मूल्य धेरै नै बढेको मैले पाएँ ।’ सामान किन्न आएका एकजना ग्राहकले बजारमा मूल्य बढेको अवस्थामा सरोकारवालाले अनुगमन गर्नुपर्ने बताए । ‘यो बेलामा सामानको मूल्य आकाशिएको छ । यसको विषयमा उपमहानगर तथा अन्य नियमक निकायले अनुगमन गर्नुपर्ने हो । किन भने यो समयमा बजार मूल्यमा बृद्धिसँगै कालोबजारी हुने, गुणस्तरहिन सामान विक्रिहुने, हदम्याद सकिएका समाना बिक्रि हुने गर्छ । यसको लागि बजार अनुगमन गर्नु आवश्यक छ’, उनले भने । उनिहरु जस्तै इटहरीका बजारमा आउने अधिकांस ग्राहकको गुनासो उस्तै छ ।

123763971_405579510850455_8027281034272548645_n

ग्राहक नै आउँदैनन्ः व्यवसायी

ग्राहकले बजार मूल्यमा गुनासो गरेसँगै व्यवसायीले पनि कारोबार सन्तोसजनक नभएको प्रक्रिया दिएका छ । अधिकांश इटहरीका व्यवसायीले पहिलेको तुलनामा कम ग्राहक आएको जानकारी दिएका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को हटिया लाइनमा खाद्यान्न पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले भने, ‘अहिले बजारमा ग्राहक नै छैनन् । अगाडिका वर्षहरुमा यो बेला हामीलाई सामान दिन भ्याइनभ्याइ हुन्थ्यो तर यो वर्ष हामी ग्राहक कुरेर बस्न बाध्य भएका छौँ ।’ ‘बजारमा कोरोना सर्छ भन्ने ग्राहकलाई लाग्ने गरेकाले कारोबार नभएको हो । अब ग्राहकले बजार मूल्यमा गरेका गुनासो पनि केहि मात्रामा ठिक हो । बजार मूल्यमा केहि मात्रमा वृद्धि भएको पक्कै हो तर ग्राहकले भनेको जस्तो दोबरले वृद्धि भने भएको छैन’, उनले भने । हामीले पनि बजारमा ग्राहकको संख्या छिटफूट मात्रामा देख्न सक्छौँ ।

123842421_969267796897339_4350173840567839439_n