इटहरीः सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले गत २० गते बिहिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट सार्वजनिक सवारी साधन बन्द गर्ने बताएको थियो । तर आइतबार निर्वाद रुपमा नै यातायातका साधन चलेका छन् । छोटो तथा लामो दुरीका यातायातका साधन प्रदेश १ भरी नै चलेका हुन् ।

yatayat 2

इटहरी देखि विभिन्न ठाउँमा यात्रा गराउँदै आएका यातायात व्यवसायीले अरुले बस चलाएको देखेर आफू पनि यातायातको साधन लिएर सडकमा आएको बताएका छन् । इटहरीदेखि विर्तामोडको रुटमा बस चलाउँदै आएका एक यातायात व्यवसायीले सडकमा बस चलेको देख्दा घरमा बस्न नसकेको बताएका छन् । ‘म १० बजेसम्म घरमा नै बसे । हिजो नै हामी बस नचलाउने भनेर घर बसेका थियौँ । तर, एक विहानै इटहरीका सडकमा पहिलेका जस्तै बस चलेको देखेपछि मैले पनि बस चलाएको हुँ’, उनले भने ।

 उनि जस्तै धरान–इटहरी–विराटनगर रुटमा बस चलाउँदै आएका अर्का बस चालकले सडकमा एकाएक आउन थालेपछि आफूले पनि बस चलाएको बताए । ‘हामीले २० गते साँझ नै समाचारबाट २३ गते देखि यातायातका साधन नचलाउने खबर सुनेका थियौँ र त्यहि अनुसार तयारी पनि गरेका थियौँ । आज विहान म बस नचालउने भनेर घरमा नै बसेको थिएँ । तर, अरुले चलाएको देखेपछि मेरो मन पनि थामिएन अनि बस चलाएँ’, उनले भने । उनिहरु जस्तै प्रायः सवारी धनी तथा चालकको प्रतिक्रिया उस्तै छ ।