इलामः इलाम जिल्लाकै पहिलो इन्जिनियर इलामको पिपलबोटे घर भएका ८१ बर्षीय मित्रलाल भट्टराइले हिजो गरेको विवाहको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ ।हाल उनि काठमाण्डौको घट्टेकुलोमा बस्दै आइरहेका छन् ।

उनले धनगडी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग हिजो विहे गरेका हुन् । उनले इलामकै सुम्बेकबाट निरौला कुलकी चेलीसँग विवाह गरेका हुन् । उनँकी श्रीमतीको दुइ दशक अगावै निधन भएको वताइएको छ । श्रीमतीको निधनको लामो समय पश्चात पुनः विवाह गर्नुभएका भट्टराइलाई आफन्तहरुले वधाइ दिइरहेका छन ।

अहिले उनिहरुको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कतिपयले उनिहरुको विवाहलाइ आलोचना गरेपनि बुढेसकालको वाद्यता भन्नेहरुको संख्या पनि उत्तिकै छ । नव दुलहिको उमेर भट्टराइभन्दा आधाकम रहेको बुजिएको छ ।