दुहबीः दुहबी– ६ स्थितमा दुर्गा काली मन्दिर तदर्थ सेवा समिति दुहबीले बडादशैंको पूजा भव्यताका साथ सम्पन्न गर्नका लागि शान्ति सुरक्षासम्बन्धी छलफल सम्पन्न गरेको छ ।
हिन्दूहरूको महान् चाड बडादशैंको पूजा सम्पन्न गर्नका लागि दुहवी नगरपालिका, इप्रका दुहबी, सशस्त्र प्रहरी दुहबी, नेपाली सेना दुहबीका प्रमुखसँग सुरक्षा रणनीतिको विषयमा छलफल गरिएको थियो । नवमी र दशमीका दिन दुर्गा काली मन्दिरमा लाग्ने मेलामा हजारौको भीड हुने भएकाले शान्ति सुरक्षाको रणनीति बनाउनुपरेको दुर्गा काली मन्दिर सेवा समितिका अध्यक्ष उमेश गोश्वामीले बताए ।