इटहरीः विगत १३ वर्षदेखि सेवा प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १३ औं वार्षिकोत्सव यसपाली फरक ढंगले मनाएको छ ।
अन्तराष्ट्रिय स्तरको प्रविधि र सेवामुलक सम्पूर्ण सुविधासम्पन्न सुन्दरताको पारखीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नयाँ वर्ष २०२१ तथा क्रिसमसको उपलक्ष्य पारेर रश्मिलाज फेसियल हाउसको १३ औँ वार्षिकोत्सव काठमाडौँको बुढानिलकण्ठमा अवस्थित मानव सेवा आश्रममा आश्रित ५६ जना वृद्धवृद्धाहरुलाइ भोजन गराएर तथा अन्य सहयोग गरेर मनाएको छ । विगत १३ वष देखि सौन्दय प्रति सचेत सम्पूर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । व्यापार व्यवसाय कोभिड(१९ को कारणले ठप्प भइरहेको अवस्थामा १३ औँ वार्षिकोत्सवलाई फरक शैलीमा अनाथ आश्रममा सहयोग गर्दै मनाइएको संरक्षक प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।
त्यसैगरी, धादिङ तसर्पुमा अवस्थित गरिब जनताहरुलाई निःशुल्क भोजन कार्यक्रममा आर्थिक सेवा गरिने भएको छ । उक्त अवसरमा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउँदै ५० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुविधालाइ ध्यानमा राख्दै आधुनिक पद्दतिद्वारा सम्पूर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको विश्वास, माया अनि आफ्नो काम प्रतिको इमान्दारी,मेहनत र उच्चस्तरीय सेवाले गर्दा नै तेर्हौँ वर्षसम्म निरन्तर आफूहरुले सेवा दिन पाइरहेको श्रेष्ठले बताए । काठमाडौं मल, बिजीमलपछि अब छिट्टै नै यसै वर्ष काठमाडौंको मुख्य स्थानमा अर्को भब्य आउटलेट खोल्ने तयारी भईरहेको समेत श्रेष्ठले जानकारी गराएका थिए ।