इटहरीः संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभागले आगामी पुस १४ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि अनलाइन फारम खुलाउने भएको छ ।

विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी लकडाउन घोषणाका क्रममा २०७६ चैत १० गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सोही वर्षको चैत ११ गतेदेखि बन्द गरिएको अनलाइन फारम नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको परिपालनाका साथ पुनः खुला गर्न लागिएको विभागका प्रवक्ता तथा निर्देशक डा.लोकनाथ भुसालले बताए ।

license form open.