इटहरी / उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले प्रधानमन्त्री केपी ओलीको चिन भ्रमण फलादायी हुने बताएका छन् । इटहरीमा पाटि कार्यकर्तालाइ प्रशिक्षण दिंदै पोख्रेलले यस अघि भएका छलफल तथा सम्झौतावारे गहनढंगले कुरा गरिने र व्यवहारमा लागुु गर्ने तय भएको बताएका छन ।
दुुइ देश बिचको सन्तुलित सम्बन्धलाइ कायम राख्न सरकार प्रतिवद्ध रहेको भन्दै स्पष्ट पारे । चिन र भारतसँग मिलेर अघि बढ्दा मात्र देशको हित हुने भन्दै नचाहिँदो विषयमा कुुनै देशसँग पनि कुुम जोडेर अघि बढ्ने योजना वर्तमान सरकारसँग नरहेको बताए ।
उनले दुुइ पाटि बिचको एकताले माथिल्लो तह देखि तल्लो तह सम्म केहि समस्या आएको भन्दै आगामी महाधिवेशन सम्म सबै मिलेर जानुुको विकल्प नभएको तर्क गरे । राजनीति प्रतिवेदन र अन्तरिम विधानको निर्देशनमा माथि देखि तल सम्मका पाटि कमिटि संचालनमा रहने व्यवस्था गरिएको पोख्रेलले जानकारी दिए ।