विराटनगरः प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको जिम्मेवारीबाट मन्त्री आङ्बोलाई मुक्त गरिएको हो ।
आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए । आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ ।
आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले आफूलाई दुई वर्षसम्म प्रदेश सरकारमा बसेर काम गर्ने अवसर दिएकोमा मुख्यमन्त्री राईलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन ।