अमेरिकी संसद्मा भएको घटनाको विश्वभरिका नेताहरूले व्यापक रूपमा निन्दा गरेका छन् ।
युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन् ।
आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन् ।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन् ।
नेटोका महासचिवले चाहिँ त्यस घटनालाई स्तब्ध पार्ने खालको भनेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान हुनुपर्ने बताएका छन् ।
फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले उक्त हमलालाई ुअन(अमेरिकनु अर्थात् अमेरिकी चरित्रसँग अमिल्दो बताएका छन् ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ुप्रजातन्त्रमाथिको हमलाु भन्दै त्यसबाट ुक्यानेडियालीहरू विक्षिप्त भएकोु बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दङ्गा र हिंसाको समाचार हेर्नुपर्दा आफूलाई दुख लागेको बताउँदै शक्तिको शान्तिपूर्ण हस्तान्तरण गर्न आग्रह गरेका छन् ।
न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले नागरिकको मताधिकार र त्यो निर्णय मान्य हुने अधिकारलाई भिडले पल्टाउन नहुने बताएकी छन् ।
पूर्वराष्ट्रपतिहरूले मुख खोले
संसद्मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् ।
बराक ओबामाः इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन्। यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ ।
विल क्लिन्टनः जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छ ।
जर्ज डब्ल्यु बुसः चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक ९अस्थिर राजनीतिक व्यवस्था० मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन।।। यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो ।
फेसबुक र ट्विटरद्वारा ट्रम्पलाई प्रतिबन्ध
संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ ।
आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ुआइ लभ यूु लेखेका थिए ।
ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लङ्घन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ ।
त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपथ्र्यो भन्ने ट्विटरको स्पष्टीकरण छ ।
फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाएको छ ।
यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए । -बीबीसीबाट