इटहरी / भारतयमा गाेली लागेका एक साे देशका नागरिककाे नेपालकाे धरानस्थित विपी काेइरराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचार भइरहेकाे छ ।  विहारको अररिया जिल्लको जोगबनिमा गोली हानिएका सामाजिक कार्यकर्ता पप्पु पटेललाइ उपचार गर्न नेपाल ल्याइएको हाे ।

बिहीबार बिहान साढे ११ बजे दुई जना बन्दुकधारीले गोली हानिएका पटेललाइ सुरुमा विराटनगरको नोबेल मेडिकल ल्याइएको पटेलकि छिमेकी किरण रायले बताइन ।
नोबेलमा उपचार नभएर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर पीडितका बुवा भुटाय पाटेलले उपचार गरिहेका छन् । जोगबनि आसपासका भारतीयहरू आँखाको उपचार देखी अन्य उपचारको लागी विराटनगर नै आउने गर्छन् । गोली लागेका पटेलको पनि जोगबनिमा राम्रो स्वास्थ्य संस्था नभएकाले विराटनगर ल्याइएको पीडितकी छिमेकी किरण रायले बताइन ।

 प्रतिष्ठान स्थित नेपाल प्रहरी पोस्टका प्रमुख तिलक गिरीका अनुसार पटेललाइ तीन वटा गोली लागेको छ । दायाँ छाती, बायाँ कम्मर मुनि र दाहिने कोखमा पटेललाइ गोली लागेको गिरीले बताए । तीन गोली लागेका पटेल सामान्य बोलचाल गर्न भने सक्ने अवस्थामा रहेको पनि गिरीले बताए । प्रहरीसँगको कुराकानीमा घाइते पटेलले आफूलाई लागुऔषध प्रयोगकर्ताहरूले गोली हानेको बताए ।


जोगबनिमा पटेललाइ गोली हान्ने दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको जोगबनिको सिमावर्ति मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बताए । कोको पक्राउ परे भन्ने बारेमा भने आफूहरूलाई जानकारी नभएको पनि एसपी केसीले बताए । पक्राउ परेकाहरु बारे बुझ्न भारतीय राज्य विहारको अररिया जिल्ला स्थित जोगबनि प्रहरी पोस्टको सम्पर्क नम्बर ं९१ ६४५५ २४२२२१ मा सम्पर्क गर्दा फोन उठेन ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगर पारि रहेको जोगबनि नेपालमा पनि लागुऔसध ओसार्ने थलोको रूपमा रहेको छ । हरेक दिनजसो प्रहरीले जोगबनि नाकाबाट लागु औषध ओसार्ने भरियाहरू र प्रयोगतर्काहरु पक्राउ गर्छ ।