इटहरी  / पूर्वकाे लाेकप्रिय पर्यटकीय स्थान नमस्ते झरनामा नुहाउने क्रममा एक युवाकाे ज्यान गएकाे छ । प्रहरीस्राेतकाे जानकारी अनुसार ज्यान जाने इटहरी ९ का विक्रम तामाङ रहेका छन् । अाज दिउँसाे नुहाउने क्रममा उनलाइ पहाडकाे माथिल्लाे भागबाट झरेकाे ढुँगाले लागेकाे थियाे ।

उनकाे धरानस्थित विपी प्रतिष्ठानमा उपचार गर्दा गर्दै ज्यान गएकाे नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्बुले जानकारी दिए । उनकाअनुसार झरनामा सिजनमा दैनिक ५ सय सम्म पर्यटक अाउने गरेका थिए । उक्त झरनामा भारतीयहरूकाे चाप बढि थियाे । व्यवस्थापन समितिले झरना अवलाेकनकामा जान राेक लगाएकाे छ । भाेली धनकुटाकाे स्थानिय प्रशासन , गाउँपालिकाका पदाधिकारी तथा सुरक्षानिकायकाे निरिक्षण पछि मात्र के गर्ने भन्ने निस्कर्ष निस्किने छ ।