इटहरीः संघीय संसदको प्रतिनिधिसभा भंग गर्ने कार्य असंवैधानिक भएको भन्दै सो कदम सच्याउने मागका साथ नागरिक समाजले आज काठमाडौँको माइतिघर मण्डलामा आज विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दै नागरिक सर्वोच्चता र विधिको शासन कायम गर्नुपर्ने माग राखे । संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षडयन्त्र बन्द गर, प्रतिनिधिसभा मास्न पाइँदैन निरङ्कुश सरकार चाहिँदैन लगायतका नारा लेखिएको पोस्टरसहित गरिएको प्रदर्शनमा नागरिक समाजका अगुवाहरुका साथै वरिष्ठ पत्रकार नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी लगायत पत्रकार, कानुनविद् तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
सर्वोच्च अदालतले असंवैधानिक तवरबाट सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापित गरिदिने विश्वास प्रदर्शनमा सहभागीहरुले व्यक्त गरेका थिए ।