इटहरीः ‘शुद्ध पानी पिऔँ स्वस्थ रहौँ’ भन्ने मुल नाराका साथ कास्कीको पोखरामा स्थापना भएको हिमालयन प्यूरिफायरले आफ्नो पहिलो प्रदेश शाखा सुनसरीको इटहरीमा स्थापना गरेको छ ।

स्थापनाको छोटो समयमा नै शुद्धतामा आइ.एस.ओ प्रमाणित यो कम्पनीले पानी शुद्धताका लागि अब्बल मानिएको आर.ओ प्रविधिलाई अबलम्बन गरेको छ । यो प्रविधिबाट पानी शुद्ध गर्दा ०.०००१ माइक्रोनसम्मको पानी शुद्ध हुनुको साथै जिवाणु र अस्वस्थ रासायनिक तत्व नष्ट हुन्छ । कम्पनीका एरीया सेल्स म्यानेजर राकेश साहले हिमालयनबाट एक पटक जडान गरेपछि त्यो फिल्टरमा कम्पनीका प्राविधिकहरुले प्रत्येक ३÷३ महिनामा निःशुल्क परीक्षण गर्ने जानकारी दिए ।

साथै कम्पनीले अन्य ठाउँबाट जडान भएका फिल्टरहरुको पनि मर्मत सम्भार गर्ने साहले बताए । हिमालयन प्यूरिफायर इटहरीका अधिकारिक बिक्रेता कमल भट्टराईले यो नेपाली उत्पादन भएको जानकारी दिए । उनले यहाँ जडान भएका पार्टहरु विश्वविख्यात देशबाट आयात गरेको र नेपालमा नै जडान गरी तयार पारिएको जानकारी दिए । इटहरीसँगै प्रदेश १ का अन्य ठाउँहरु धरान, विराटनगर र दमकमा पनि शाखा खोल्ने तयारी रहेको कम्पनीले जानकारी दिएको छ । सामान कसरी बेच्नेभन्दा पनि सामानप्रति ग्राहकहरुको विश्वास कसरी अभिवृद्धि गर्ने भनेर लागिपरेको कम्पनीको भनाइ छ ।