इटहरीः कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण लामो समयसम्म बन्द रही केही दिनअघि सर्वसाधारणका लागि खुला गरिएको काठमाडौँको पशुपतिनाथ मन्दिरको आज प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका छन् ।
मन्दिरमा पूजा अर्चनाको कुनै औपचारिक कार्यक्रम नभएपनि प्रधानमन्त्री ओली मन्दिरको पूर्वाधार विस्तारको प्रगति र वर्तमान वस्तुस्थिति बुझ्ने उद्देश्यले पशुपति क्षेत्रमा पुगेका हुन् । बिहान सबेरै पशुपति क्षेत्र पुगेका प्रधानमन्त्री ओलीले त्यस क्षेत्रको विकास निर्माणका योजनाहरुबारे जानकारी लिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।